काठमाडौं । नेपाली सेनाले मंगलबारदेखि अमेरिकी सेनासँग संयुक्त तालिम गर्दैछ।
सेनाले आउँदो भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम सञ्चालन गर्न लागेको हो।
नेपाली सेनाका अनुसार यो तालिम विगतकै निरन्तरतामा उनन्चालिसौं संस्करण रहेको र यसमा सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गतका रेञ्जर गणहरु सहभागी हुनेछन्।
तालिममा नेपाली सेनाबाट ८० जना र अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सहभागी हुने जनाइएको छ। उक्त संयुक्त तालिममा ‘ल अफ आर्म्ड कन्फ्लिक्ट, मिलिटरी डिसिजन मेकिङ प्रोसेस लगायतका विषयमा तालिम दिइनेछ। तालिम छाउनी, नगरकोट इलाकामा सञ्चालन हुने सेनाले जनाएको छ।