काठमाडाैं । सरकारलाई सार्वजनिक यातायातको भाडादरका विषयमा नियमित र भरपर्दो रूपमा अनुगमन गर्ने संयन्त्र तत्काल बनाउन प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले सार्वजनिक यातायातले मनोमानी रूपमा भाडा असुल्ने गरेको भनी आमनागरिकबाट गुनासो आइरहेकाले त्यसको सम्बोधनका लागि संयन्त्र बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिले निर्माणाधीन नारायणगढ-मुग्लिन र मुग्लिन-पोखरा सडक स्तरोन्नति निर्धारित समय र गुणस्तरमा सम्पन्न गर्न तीव्र गतिमा काम अघि बढाउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ।