• जेष्ठ २ २०८३, शनिबार

थप ८ सय ८८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

श्रावण ३० २०७९, सोमबार

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेका छन् ।