• जेष्ठ २ २०८३, शनिबार

इजरायलले एक हजार नेपाली श्रमिक लैजाने

श्रावण ३० २०७९, सोमबार

काठमाडौं । इजरायलले थप एक हजार जना नेपाली श्रमिक लैजाने भएको छ। सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँगको भेटमा इजरायलका राजदुत खनान गोदेरले यस्तो जानकारी गराएका हुन् ।

इजरायल सरकारले थप एक हजार नेपाली श्रमिक कृषी क्षेत्रमा लैजाने निर्णय आइतबार गरेको राजदुत गोदेरले बताए । यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएका थिए। एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन् ।