• बैशाख २६ २०८३, शनिबार

बाबुरामसितको सहमती लत्याएर निर्वाचन आयोगमा दर्ता भयो माओवादी केन्द्र, अब के हुन्छ ?

श्रावण ३० २०७९, सोमबार

३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
नेता लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा गएर दल दर्ता गराएका हुन् । माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेको नेताहरु बताउँछन् ।

माओवादी केन्द्र र समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्न फेरि निर्णय गर्नुपर्छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव उपाध्यायले त्यसको गृहकार्य भइरहेको बताए ।

निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्था अनुसार दुई पार्टीले एउटै चुनाव चिह्न लिने निर्णय गरेर आयोगलाई जानकारी गराउने उनको भनाइ छ ।