• बैशाख २६ २०८३, शनिबार

कार्यदललाई यथाशीघ्र काम पूरा गर्न सत्ता गठबन्धनको निर्देशन

श्रावण २९ २०७९, आईतवार

काठमाडौं । सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँड गर्न गठित कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको छ ।

बालुवाटार प्रधानमन्त्री सरकारी निवासमा आइतबार अपराह्न बसेको बैठकले गठबन्धन दलबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको बैठकले कार्यदललाई यथाशीघ्र सिट बाँडफाँटको काम पूरा गर्न निर्देशन दिएको बताए ।

गठबन्धनले सिट बाँडफाँट गर्न काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएको छ ।