• बैशाख २६ २०८३, शनिबार

नागरिक विधेयक पुनर्विचार हुन आवश्यक भन्दै राष्ट्रपति भण्डारीद्वारा फिर्ता

श्रावण २९ २०७९, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी छन् ।

आइतबार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर उक्त विधेयक फिर्ता गरेको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउदै नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक प्रतिनिधि सभा फिर्ता पठाइएको सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाइएको विज्ञप्तिमा भनिएको छ ।