प्युठान । प्युठानमा जीप दुर्घटनामा हुँदा नौ जना घाइते भएका छन् ।
बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप आइतबार साँझ ५ बजे प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गाडी सडकबाट करिव ३० मिटर तल खसेको र जीपमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ भने दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।