• मंसिर १२ २०८१, बुधबार

मन्त्री श्रेष्ठले गरे गाइजात्राका सहभागीलाई पुरस्कार वितरण

श्रावण २८ २०७९, शनिबार

काठमाडौं । काठमाडौंको बौद्धमा नेवार समुदायको ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक पर्व गाई जात्रा तथा रोपाई जात्राको पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले वितरण गरेका छन् । गाई जात्रा तथा रोपाई जात्रा समारोह समितिको आयोजनाका तथा बौद्धनाथ विकास समिति र बौद्ध तामाङ्ग कल्याण गुठीको संयोजकत्वमा कार्यक्रमको आयोजना गरिएको हो ।                               

रोपाई जात्रा कृषि प्रधान देशमा मनाउने सांस्कृतिक पर्व हो । नेपालमा बसोबास गर्ने जातजातिले आफ्नो सस्कृतिको झझल्को दिएर वातावरणलाई नै रमाइलो बनाउने गर्दछन् l जुन गाई जात्राको भोलीपल्ट मनाउने गरिन्छ । बालीनालीको राम्रो उब्जनी हुने विश्वास र अघिल्लो वर्ष मृत्यु भएका आफ्ना परिवारका दिवंगत भएकाहरुका आत्माले शाान्ति पाओस् भन्ने आकांक्षा सहित यो पर्व मनाउने गरिन्छ । असार महिनाको झल्को दिने गरी अघिअघि गोरु अनि हलो र बाउसे तथा पछि पछि रोपाहारले धान रोपेझैं गरि यो पर्वलाई सांकेतिक र मनोरंजनात्मक रुपमा मनाउने गरिन्छ । कार्यक्रममा नेवार समुदायले विशेष गरी भक्तपुरको मौलिक प्रस्तुती धिमे बाजाका साथ लठ्ठीनाच जोडदार रुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न पुरुषहरुले महिलाको पहिरनमा सिङ्गार पटार गरी हाउभाउ र ढाँचा मिलाई नृत्य प्रस्तुत गरेका थिए।                                                   

कर्यक्रमका मुख्य अतिथि मन्त्री श्रेष्ठले यस्ता पर्वले नेपालको विकासमा टेवा पुग्ने बताए । उनले विशेष गरी तीन तत्व प्रकृति, संस्कृति र साहसिक कार्यले देशको विकासमा टेवा पुग्ने बताए ।

त्यसैगरि कार्यक्रमका अर्का अतिथि बडा नं ६ का अध्यक्ष भुवन लामाले यस पर्वमा कुनै जात वा धर्मका मात्र नभई सम्पूर्ण समुदायले सहभागिता जनाउने धारणा राखे । उनले पूर्वकालमा विशेष गरि नेवार समुदायले मनाएता पनि अहिले भने सम्पूर्ण जातजातिले मनाउँदै आएको कुरा बताए ।                         

कार्यक्रमका अर्का अतिथि छिरिङ दोर्जे लामाले यसरी कार्यक्रमको आयोजनाका साथै पुरस्कार वितरण गर्नाले प्रतियोगीको हौसला बढ्ने बताए ।

कमर्यक्रममा लाखे नाच, धिमे बाजा आदिले दर्शकको आकर्षण बढाएको थियो । कार्यक्रममा मन्त्री जीवनराम श्रेष्ठले सहभागीलाई पुरस्कार वितरयण गरेका थिए ।