• बैशाख २६ २०८३, शनिबार

निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ,एमाले प्रतिस्पर्धा गर्न तयार : ओली

श्रावण २८ २०७९, शनिबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् ।

लोकतान्त्रिक शेर्पा संघको  दोस्रो अधिवेशनको उद्घाटन गर्र्दै अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिदै एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए  ।

“लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन”, ओलीले भने । देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको चलखेल बढ्न सक्ने र देशको अवस्था अप्ठ्यारोमा पर्ने बताउदै  ओलीले देशको राजनीतिलाई सही ढङ्गबाट बढाउनका लागि एमाले मजबुत हुनुपर्नेमा जोड दिए ।