• जेष्ठ २ २०८३, शनिबार

निहारिकाको विषयमा राष्ट्रपति भण्डारीद्वारा कानूनमन्त्री र महान्यायाधिवक्ताको ध्यानाकर्षण

श्रावण २८ २०७९, शनिबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा चासो दिएकी छन् ।

हिजो शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडी निहारिकाले आत्मदाह प्रयास गरेकी थिइन् । तर, प्रहरीले हस्तक्षेप गरी उनको ज्यान जोगाएको थियो ।

राष्ट्रपति भण्डारीले आज कानून मन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराएकी हुन् ।

९ दिनदेखि आमरण अनशनमा रहेकी उनले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डिएनए टेस्ट गर्नुपर्ने लगायतका माग राख्दै आएकी छन् ।