• जेष्ठ २ २०८३, शनिबार

राष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण

श्रावण २७ २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीे वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गरेकी छन् ।

आज शितल निवासमा महाराजगञ्जमा राष्ट्रपति भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गरेकी हुन् ।

यस्तै उनले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसाद ग्रहण गरेकी छन् ।

श्रावणी कर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षाबन्धन गर्ने परम्परा रहेबमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको छ ।