• मंसिर ७ २०८१, शुक्रबार

एलन मस्कले बेचे पौन ९ अर्ब मूल्यको शेयर

श्रावण २६ २०७९, बिहीबार

काठमाडौं । टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलोन मस्कले आफ्नो कम्पनीको ७९,२०,००० भन्दा बढी शेयर बेचेका छन् । उनले कुल ६ अर्ब ८८ करोड डलर अर्थात् करिब ८ खर्ब ७५ अर्ब रुपैयाँमा शेयर बेचेका छन् ।

मंगलबार, मस्कद्वारा टेस्लाको शेयर बिक्रीको विषय अमेरिकी धितो र विनिमय आयोगले प्रकाशित गरेको नयाँ वित्तीय विवरणहरू आएका छन् । उनले अगष्ट ५ देखि ९ सम्ममा शेयर बिक्री गरेको बताइएको छ ।

मस्कले यस वर्षको सुरुमा सामाजिक सञ्जाल मार्फत टेस्लाको कुनै पनि शेयर नबेचेको बताएका छन् । यद्यपि, ४४ बिलियन अमेरिकी डलरमा ट्विटर किन्ने उनको निर्णयले टेस्लाको सेयर हाल बिक्रीमा ल्याएको भनिएको छ।

मस्कले हालै ट्वीटर किनेको विषयमा कानुनी लडाइँ लडिरहेका छन् । सुरुमा कम्पनी किन्ने निर्णय गरेकामा ट्विटरबाट ‘फेक अकाउन्ट’ (नक्कली प्रयोगकर्ता) को आवश्यक जानकारी नदिएपछि खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेका थिए।