काठमाडौं । हामीले चलाउने सामाजिक सञ्जालका एप तथा वेबसाइटमा समय अनुसार फिचरहरु परिवर्तन भइरहन्छन् । यस्तै फेसबुकले मेसेन्जर एपका लागि हालै ‘बम्प’ फिचर सार्वजनिक गरेको छ । आज हामी यो कस्तो फिचर हो, कुन अवस्थामा काम लाग्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।
आफ्नो प्रतिद्वन्द्वी टिकटकलाई पछि पार्न फेसबुकले पछिल्लो समय थुप्रै उपयोगी फिचरहरू सार्वजनिक गर्दै आएको छ ।
यद्यपि टिकटक र फेसबुकमा त्यति समानता नभए तापनि दुवैलाई सामाजिक सञ्जालकै रूपमा बढी प्रयोग गरिएको पाइन्छ । पछिल्लो समय टिकटकका प्रयोगकर्ता बढ्दै जानु र फेसबुकका प्रयोगकर्ता घट्नुले पनि फेसबुकले नयाँ फिचर ल्याएको हो ।
अब बुझौं ‘बम्प’ फिचर के हाे त ?
मेसेन्जरमा भएको ‘बम्प’ले च्याट रिप्लाईको काम गरेको हुन्छ । उदाहरणका लागि तपाईंलाई मेसेन्जरमा कोही व्यक्तिले छुट्टाछुट्टै प्रश्न सोधिरहेको छ । र, त्यसको एउटा एउटा जवाफ दिनु छ भने रिप्लाई फिचर प्रयोग गरिन्छ ।
अब सो मेसेज बम्प गर्दा म यसको रिप्लाई दिँदैछु भन्ने अर्थ लाग्छ । कतिपय अवस्थामा कुरा गर्दा गर्दै महत्त्वपूर्ण कुरा अर्को व्यक्तिले पढ्न छुटाएको हुनसक्छ ।
त्यस्तो अवस्थामा पनि बम्पको प्रयोग गरेर यो छुट्यो है भन्ने जनाउ दिन सकिन्छ । त्यस्तै कुनै व्यक्तिलाई पहिले भएको कुराकानी सम्झाउनु छ भने पनि बम्पको प्रयोग गर्न सक्नुहुन्छ ।
त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, यदि कसैले तपाईंले पठाएको मेसेज पढ्न छुटाएको छ भने, मैँले यो मेसेज पठाएको छु भनेर नोटिफिकेसनका रूपमा पनि बम्पको प्रयोग गर्न सकिन्छ ।
मेसेन्जरमा यसरी बम्प गर्नुहोस् कुनै पनि च्याट
-सबैभन्दा पहिले आफ्नो फोनमा गई मेसेन्जर खोल्नुहोस् ।
-त्यसपछि तल दायाँपट्टि रहेको मोर (More) को अप्सनमा जानुहोस् ।
-त्यसपछि बम्प गर्न चाहेको टेक्स्ट वा फोटोमा केहीबेर ट्याप गर्नुहोस् ।
त्यहाँ गएपछि बम्प र रिमुभको अप्सन आउँछ । अब बम्पमा थिच्नुभयो भने सो मेसेज बम्प भएर पठाएको व्यक्तिको इन्बक्समा जान्छ ।