• आश्विन २८ २०८३, बुधबार

एआई विश्वव्यापारमा अमेरिका नै अगाडी

आश्विन २७ २०८३, मंगलवार

कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापारमा अमेरिका सबैभन्दा अगाडि पुगिसकेको छ । सन् २०२५ मा जेन्सन हुआङले एकै वर्षमा ५ ट्रिलियन डलर कमाएर सबैलाई चकित पारिदिएका छन् । यो रकम भनेको ५ लाख करोड डलर हो ।

अहिले विश्वमा सबैभन्दा चम्कँदो विश्वव्यापार बनिरहेको एआई सामान्य जनजीवनमा पनि प्रवेश गरिसकेको छ । यो व्यापारिक सफलताको कथा बोकेका जेन्सन हुवाङको एआई कम्पनी एनभिडिया ले अहिले संसार खाएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आएको ठूलो क्रान्तिका कारण एनभिडिया मौलाउन पाएको हो ।

ताइवानमा जन्मेर बाल्यकालमा अमेरिका बसाइँ सरेका जेन्सन हुवाङ ताइवानी हुन् । उनले अमेरिकामा सन् १९९३ मा एनभिडियाको स्थापना गरेर यो व्यापार अघि बढाएका थिए । यो कम्पनीले सुरुमा भिडियो गेमका लागि ग्राफिक्स कार्ड बनाउने गर्दथ्यो ।

यो कम्पनीले एआई प्रविधिको भविष्यलाई पहिल्यै बुझेर आफ्ना चिप्सहरूलाई सोही अनुसार परिमार्जन गरेर लगिरह्यो । आज विश्वमा जहाँ पनि एआई प्रणालीहरू स्थापना गर्न र सञ्चालनमा ल्याउन एनभिडियाकै चिप्स आवश्यक पर्छ ।