काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेर ज्ञापनपत्र बुझाएको छ ।
युवा जनस्वयमसेवक नेपालका केन्द्रीय अध्यक्ष क.हरिश भट्ट उपाध्यक्ष क.अभिनास,सचिवालय सदस्य एवं बाग्मती उपत्यका ब्युरो संयोजक क.बिबेक , सचिवालय सदस्य एवं सुर्खेत ईन्चार्ज क.बादल सचिवालय सदस्य एवं ललितपुर ईन्चार्ज क . युकेन्द्र सहितको टोलीले प्रधानमन्त्री देउवालाई समसामयिक विषय समेटिएको ३५ बुँदे मागपत्र पेश गररिएको सचिवालय सदस्य विवेकले जानकारी दिनुभयो ।
राष्ट्र, राष्ट्रियता र जनजीविकासंग सम्बन्धित समस्याहरू लिएर युवा जनस्वयमसेवक नेपाल केन्द्रिय समितिले मागपत्र पेश गरेको हो । देशमा व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र, मिटर ब्याज आतंक, घुसखोरी, दलाली, महिला हिंसा, जातका आधारमा भएका हिंसा विरुद्धमा मागपत्र पेश गरिएको छ ।
जनप्रतिनिधिहरूको तलबभत्ता सेवा सुबिधा आतंक विरुद्धमा समेत मागपत्र पेश गरिएको छ । प्रधानमन्त्री देउवा मागपत्रका सम्बन्धमा निकै सकरात्मक देखिनुभएको थियो । प्रधानमन्त्रीले सम्भव भएका मागलाई यथासिघ्र पुरा गर्ने र नीतिगत मागहरुलाई छलफलद्वारा टुंग्याउने प्रतिबद्धता जाहेर समेत गरेकाछन । साथै युवा जनस्वयमसेवक, नेपालले पेश गरेको मिटरब्याजी बिरुद्ध कानुनी कारवाही गर्ने सवालमा प्रधानमन्त्रीले केहीदिन भित्रैमा कारवाही गरिने बताएका थिए ।