काठमाडौं । सर्वसाधरणलाई मिटरब्याज लगाएर पाँच गुणा रकम असुल गर्ने श्याम परदेशी दम्पतिविरुद्ध मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धिकरण विभागले श्याम परदेशी भनेर चिनिने सर्लाहीको कविलास नगरपालिका–२ का श्यामकृष्ण साह र उनकी श्रीमतीलाई विपक्षी बनाउँदै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको छ। सम्पत्ति शुद्धिकरण विभागले उनकी पत्नी मन्जुदेवीलाई पनि प्रतिवादी बनाएको छ। उनलाई भने ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको छ।
सोझा सादा जनतालाई झुक्याएर चर्को ब्याजमा ऋण दिने र झुक्याएरै कीर्ते तमसुक बनाउने, ऋण लिएको भन्दै पाँच गुणसम्म बढीको कागज गराउने परदेशीविरुद्ध अदालतमा मुद्दा दायर भएको हो ।