• मंसिर १० २०८१, सोमबार

ट्वीटर किन्ने पैसा जोहो गर्दै एलन मस्क

श्रावण २५ २०७९, बुधबार

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका संस्थापक एलन मस्कले ६.८८ बिलियन अमेरिकी डलर बराबरको सेयर बिक्री गरेका छन् ।

उनले ७.९२ मिलियन कित्ता सेयर बिक्री गरेका हुन् । मस्कले गत हप्ता बसेको लगानीकर्ताहरुको वार्षिक बैठकपछि सेयर बिक्री गरेको बताइएको छ । सेयर बिक्रीका क्रममा मस्कले आफूलाई रकम चाहिएको जनाएको बीबीसीले जनाएको छ ।

मस्कले ४४ बिलियन डलरमा ट्वीटर किन्ने घोषणा गरेपछि उक्त रकम जोहो गर्ने क्रममा छन् ।