काठमाडाैं । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गर्दै धनखरले विजयी हासिल गरेका हुन् ।
धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो । १६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए । पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले बताए
नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे सकिएको थियो ।