• जेष्ठ २ २०८३, शनिबार

वैदेशिक रोजगारीमा बर्सेनि १५ सय नेपालीले गुमाउँछन् ज्यान

श्रावण १२ २०७९, बिहीबार

काठमाडौं । वैदेशिक रोजगारीमा पुगेर ज्यान गुमाउने नेपालीको संख्या झन्–झन् बढ्दै गएको छ । बितेको आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक रोजगारीमा झण्डै १५ सय नेपालीले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीमा जाँदा ज्यान गुमाउने नेपालीको संख्या झन्–झन् बढ्दै गएको छ । आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक रोजगारीमा गएका झण्डै १५ सय नेपालीले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार एक वर्षमा एक हजार ४७९ जना मृतकका परिवारले बोर्डबाट क्षतिपूर्ति बुझेका छन् । मृत्यु हुनेमा ४६ जना महिला छन् भने एक हजार ४३३ जना पुरुष छन् । मृत्यु हुनेको संख्या आर्थिक वर्ष २०७७र७८ मा एक हजार २४२ जना थियो ।

२०७६र७७ मा औसतमा दैनिक ३ जना श्रमिकको विदेशमा मृत्यु हुने गरेकोमा यो वर्ष बढेर औसत ४ जनामा पुगेको तथ्यांकमा देखिन्छ । बोर्डका अनुसार एक वर्षमा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत ८३ करोड ६० लाख रुपैयाँ दिइएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ गत वर्ष १ हजारको हाराहारीमा मात्रै श्रमिकको मृत्यु भएको दाबी गर्छन् । पुरानो दाबी सेमत आएकाले संख्या १५ सयको हाराहारीमा पुगेको उनको भनाइ छ ।

अनलाइनबाट आवेदन दिन सकिने र स्थानीय तहबाट पैसा बुझ्न सकिने भएपछि क्षतिपूर्तिका लागि पहिला दावी नगरेका मृतकका परिवारहरु पनि आउनुभएकाले संख्या बढेको देखिएको हो’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा दैनिकजसो नेपाली श्रमिकका शव ल्याइने गरेको छ । जीविका सुधार्ने सपना लिएर विदेश उडेका युवामध्ये कोही बाकसमा सिंगै त कोहीको अस्तुका रुपमा मात्र फर्किनुपरिरहेको छ । कतिपय श्रमिकका परिवारले विदेशमै दाह संस्कारका लागि अनुमति दिंदा अस्तु मात्रै ल्याउने गरिएको हो ।

भयावह बन्दै समस्या

विदेशमा मृत्युवरण गर्ने नेपाली श्रमिकहरुको संख्या बढिरहे पनि सरकार भने संवेदनशील बनिरहेको छैन । यसअघि पनि वर्षैपिच्छे एक हजारभन्दा बढी नेपाली श्रमिक र उनीहरुका परिवारले यस्तै वियोगान्त भोगिरहेका थिए ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार आर्थिक वर्ष २०७१र७२ मा एक हजार ६ जनाको विदेशमा मृत्यु भएको थियो, आर्थिक वर्ष २०७२र७३ मा ८२६, २०७३र७४ मा ७५८, २०७४र७५ मा ८२६, आर्थिक वर्ष २०७५र७६ मा ७६३, २०७६र७७ मा ६७२ जना मृतक श्रमिकका परिवारले बोर्डबाट क्षतिपूर्ति बुझेका थिए । आर्थिक वर्ष २०७७र७८ मा १ हजार २४२ पुगेको संख्या अहिले करिब १५ सय नजिक पुगेको हो । यसमा अवैध रुपमा विदेशमा काम गर्न गएर मृत्यु भएका श्रमिकको संख्या संलग्न छैन ।

विदेशमा मृत्युवरण गर्ने नेपाली श्रमिकहरुको संख्या बढिरहे पनि सरकार भने संवेदनशील बनिरहेको छैन । यसअघि पनि वर्षैपिच्छे एक हजारभन्दा बढी नेपाली श्रमिक र उनीहरुका परिवारले यस्तै वियोगान्त भोगिरहेका थिए ।
सचिवालयको तथ्यांकअनुसार, विदेशमा ‘कार्डियाक अरेस्ट’ ९एक्कासी हुने हृदयघात० बाट मृत्यु हुनेको संख्या ठूलो छ । यीमध्ये धेरैजसोले निदाएको बेला ज्यान गुमाएका छन् । प्रतिकूल आहार–बिहार, लगातार लामो सयम काम, धुम्रपान–मद्यपान तथा चर्को गर्मीमा कडा श्रम गरेर फर्किएर एसी लगाएर सुत्ने लगायत कारण कार्डियाक अरेष्ट हुने गरेको छ ।

श्रमिकले आत्महत्या पनि गर्ने छन् । परिवारसँगको किचलो, कार्यस्थलमा हुने शारीरिक–मानसिक दबाब, आर्थिक शोषण, विभिन्न कारणले हुने डिप्रेसन, ऋणलगायतका पीरले श्रमिकहरु विदेशमै आत्महत्या गरेको देखिन्छ ।

सडक दुर्घटनामा परेर बित्नेको संख्या पनि ठूलो छ । कार्यस्थलमा आउँदा–जाँदा, किनमेल गर्न र छुट्टी मनाउन निस्कँदा सडकमा ट्राफिक नियमको जानकारी नहुँदाको सावधानीले दुर्घटनामा परेर ज्यान गइरहेको छ ।

कार्यस्थलमा हुने दुर्घटनामा ज्यान गुमाउनेको संख्या सानो छैन । मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, जोखिमयुक्त काममा पर्याप्त सावधानी नअपनाउने आदी कारणले कार्यस्थलमै श्रमिकहरुले ज्यान गुमाइरहेका छन् ।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ विदेशमा श्रमिकहरुको मृत्यु घटाउन बोर्डले विभिन्न प्रयास गरिरहेको दाबी गर्छन् । तर, महामारीका कारण ज्यान गुमाउने श्रमिकको संख्या घट्न नसकेको उनको दाबी छ ।

उनका अनुसार अब श्रमिकहरुलाई मानसिक र शारीरिक स्वास्थ्य सेवा दिने गरी बोर्डले ‘टेलिमेडिसिन सेवा’ सुरु गर्ने योजना बनाएको छ । त्यसैगरी श्रमिकको स्वास्थ्य बीमासहित सामाजिक सुरक्षामा रोजगारदातालाई नै जिम्मेवार बनाउने गरी विभिन्न देशसँग श्रम समझदारी हुन लागेको छ । ‘अब विदेश जाने श्रमिकलाई देशअनुसार छुट्टा–छुट्टै पाठ्यक्रम तयार गरेर अभिमुखीकरण दिने व्यवस्था गर्दैछौ।,’ उनले भने,‘यसले मृत्यु घटाउन सघाउँछ