काठमाडौं । आज (बिहीबार) देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै देशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको हुने सम्भावना रहेकोले सतर्क रहन उक्त विभागले जारी गरेको बुलेटिनमार्फत आग्रह गरेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानमा रहेकोले वर्षाको प्रभाव कायमै छ ।