• जेष्ठ २ २०८३, शनिबार

श्रीमतीलाई फोन गरेर ‘कर्णालीमा हामफाल्छु’ भनेका सोनाम बेपत्ता, खोजी कार्य जारी

श्रावण ११ २०७९, बुधबार

काठमाडौं । मुगुका एक पुरुषले श्रीमतीलाई फोन गरेर कर्णालीमा हाम फाल्छु भनेर वेपत्ता भएका छन् । वेपत्ता हुनेमा मुगमकार्मारोङ गाउँपालिका–८ माङ्ग्रीका २७ वर्षीया सोनाम तामाङ रहेका छन् ।

सक्ली भन्ने स्थानमा आफ्नै गोठमा बस्ने गरेका उनले मंगलबार बेलुकातिर घरमा श्रीमतीलाई फोन गरी म कर्णाली नदीमा हाम फाल्छु भनेका थिए ।

त्यसपछि मोबाइल अफ गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार सोनामले रु.४५ हजार आफु बस्ने ठाउँमा छोडेर बेपत्ता बनेका छन् ।

यद्यपि परिवारले बुधबार बिहान १० बजेमात्रै खोजबिनका लागि प्रहरीलाई खबर गरेको उनले बताए । पाण्डेका अनुसार प्रहरी चौकी छाइललाले उनको खोजी कार्य जारी राखेको छ ।