• जेष्ठ २ २०८३, शनिबार

महायज्ञस्थलमै पुगेर सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नारावाजी गरेपछि रोशनी शाही पक्राउ

श्रावण १० २०७९, मंगलवार

काठमाडौं । पशुपतिनाथ मन्दिरको परिसरमा अतिरुद्र महायज्ञ जारी छ । महायज्ञमा सक्रिय बलात्कारको आरोप मुद्दा  लागेका सिद्धबाबालाई महायज्ञस्थलमै एक महिलाले बलात्कारी भन्दै नाराबाजी गरेकी छन् ।

मंगलबार महायज्ञ चलिरहेको ठाउँमा पुगेर तत्कालीन सभामुख कृष्ण बहादुर महराविरुद्ध मुद्दा दर्ता गरेकी रोशनी शाहीले सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नारावाजी गरिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार शाहीले गिरीलाई ‘बलात्कारी’ भनेकी थिइन् । लगत्तै नजिकै रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला अदालत, सुनसरीमा सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध बलात्कारको आरोपको मुद्दा दर्ता भएको थियो । मुद्दा विचाराधीन छ ।

अहिले प्रहरीले शाहीलाई छाडिसकेको छ ।