• जेष्ठ २ २०८३, शनिबार

कोरोना संक्रमित २ जनाको मृत्यु, थप ६ सय ३८ जनामा संक्रमण

श्रावण १० २०७९, मंगलवार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । साथै आज एकै दिन थप ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभरबाट २ हजार २१५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४०० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २ हजार ८४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ३ हजार ७१४ जना सक्रिय संक्रमित छन् ।