काठमाडौं । भगवान् गणेशको पूजा-अर्चना र व्रत मंगलबार बस्दा फाइदा हुने हिन्दु धर्म शास्त्रहरुमा उल्लेख छ ।
मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । शास्त्रमा भगवान् गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।
मंगलबारका दिन के गर्दा शुभ मानिन्छ ?
मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । यसो गर्दा बच्चामा सुत्दा डराउने समस्या हटेर जाने गर्छ । एउटा धागोमा खुर्सानीमाथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् ।
यसले नकारात्मक उर्जा समाप्त गर्ने काम गर्छ । मंगलबार शुद्ध घ्यू वा तेलको बत्ती बालेर मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसो गर्दा तपाईको मनकामना पूर्ण हुनेछ ।