काठमाडौं । सरकारी कर्मचारीले आफ्नो सम्पत्ति विवरण भदौ महिनासम्म आफ्नो विवरण पेश गर्नुपर्ने भएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले हरेक मन्त्रालय र निकायहरुलाई पत्र लेख्दै सम्पत्ति विवरण पेस गर्न भनेको हो।
केन्द्रले लेखेको पत्रअनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले तोकेको अधिकारीसमक्ष पेश गर्न भनेको छ ।

