• जेष्ठ २ २०८३, शनिबार

कोहलपुरमा एक दम्पत्ती आफ्नै घरमा मृत भेटिए

श्रावण १० २०७९, मंगलवार

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरमा मंगलबार एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।

मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । उनीहरूको बिहे भएको एक वर्ष भएको थियो ।

घटना शङ्कास्पद भएको उल्लेख गर्दै डिएसपी न्यौपानेले शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए । ‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ,’ डिएसपी न्यौपानेले भने ।

घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।