• बैशाख २६ २०८३, शनिबार

नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै प्रधानमन्त्री सहभागी कार्यक्रममा एक युवाको प्रदर्शन

श्रावण ९ २०७९, सोमबार

काठमाडौं । नागरिकता विधेयक खारेज गर भन्दै एक युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।

नारा लगाएका युवालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदा २ जनाले  ‘एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद’ भन्दै नारा लगाएका थिए।