काठमाडौं । जनस्तरबाट सरकारको चौतर्फी आलोचनापछि इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहमत भएको छ ।
अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राखिएकोमा जनदबाब बढेपछि सरकार नेपालीमै इम्बोस्ड नम्बर राख्ने विषयमा सहमत भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले मन्त्रलायले इम्बोस्ड प्लेटमा देवनागरी लिपि प्रयोग गर्न ऐनको अनुसूची हेरफेर गर्न शुक्रबार नै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग गर्दै पत्राचार गरिएको बताए ।
कानूनमा अंग्रेजी भाषा मात्र प्रयोग गर्ने भन्ने उल्लेख भएकोले अब सो एनलाई संसोधन गर्नका लागि कानूनी अड्चलन खुलाउनका लागि पहल भइरहेको मन्त्री राईले बताए ।