• जेष्ठ २ २०८३, शनिबार

वीरगञ्जमा ४ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ३ जना पक्राउ

श्रावण ९ २०७९, सोमबार

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ ।

बलात्कारमा संलग्न पर्साको वीरगञ्ज महानगरपालिका २ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, वीरगञ्ज १६ बस्ने १८ वर्षीय सलमान खान र अर्का १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन ४ गते साँझ ७ बजेदेखि नातिनी हराइरहेको भन्दै बालिकाको हजुरबुबाले निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा वीरगञ्ज २ छप्कैयास्थित खाली जग्गाको झाडीमा बालिकाको शव फेला परेको थियो।