काठमाडाैं । सडक संघर्षका लागि पाँच पार्टी र एक मोर्चा सम्मिलित गठ्बन्धनवाट मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र सो पार्टीको देशभक्त जनगणतान्त्रिक मोर्चा बाहिरिएको छ ।
वैद्य बाहिरिएपछि आइतबार साना ४ कम्युनिस्ट पार्टीको मात्रै बैठक बसेर ३ बुँदे निर्णय भएको छ ।
विप्लव नेतृत्वको नेकपा, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजीत बूढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच कार्यकर्ता एकता हुने उल्लेख छ ।
बैठकले आगामी जनसंघर्षको कार्यक्रम सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ । जुन साउन १० गतेको पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ ।
पार्टीले साना दलको मोर्चामा नेकपा (बहुमत)लाई पनि समेटिनुपर्ने अडान लिएपछि विप्लव नेतृत्वको नेकपालगायत असहमत भएपछि वैद्य माओवादी मोर्चाबाट बाहिरिएको हो ।