काठमाडौं । पाल्पाको लघुवामा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
गुल्मीबाट बुटवलतर्फ गइरहेको लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ भने दुर्घटनामा १६ जना घाइते भएका छन् ।
अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाउदै मृतकको सनाखत हुन नसकेको बताएका छन् ।
बस सडकदेखि करिब ६० मिटर तल खसेको छ । बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । दुर्घटनामा ५ जनाको प्रहरीले उद्धार गरिएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।