काठमाडौं । पाल्पाको लघुवामा दुर्घटना भएको छ ।
गुल्मीबाट बुटवलतर्फ गइरहेको लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले दिएको जानकारी अनुसार बस सडकदेखि करिब सय मिटर तल खसेको छ भने दुर्घटनामा ५ जनाको प्रहरीले उद्धार गरेको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।