काठमाडौं । विश्व हिन्दू परिषद नेपालको काठमाडौं जिल्ला समिति पुनर्गठन भएको छ ।
परिषद नेपालका राष्ट्रिय अध्यक्ष टिकाबहादुर पहारी, महासचिव जितेन्द्रकुमार सिंह, संगठनका सचिव प्रल्हाद कुमार एवम् काठमाडौं उपत्यकाका संयोजक बाबुशरण सुवेदीको विशेष उपस्थितिमा जाउलाखेलस्थित सम्पर्क कार्यालयमा आयोजित एक समारोहका बीच समिति पुनर्गठन गरिएको हो ।
सो अवसरमा धार्मिक अभियन्ता एवम् अधिवक्ता तुलसीराम पोखरेलको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समिति गठन कार्यक्रममा विभिन्न धार्मिक सामाजिक अभियन्ता लगायत परिषदका स्थानीय कार्यकर्ता तथा स्थानीयबासीको समेतको उपस्थिति रहेको राजाराम दासले जानकारी दिएका छन् ।