काठमाडौं । के तपाई फेसबुक म्यासेन्जरमा कल आएर हैरानमा त हुनुहुन्न ? तपाईलाई अनावश्यक व्यक्तिबाट कल आउँदा दिक्क लाग्न सक्छ ।
त्यस्तो अवस्थामा तपाईंले के गर्न सक्नुहुन्छ भन्ने विषयमा यहाँ जानकारी दिँदैछौँ । सबैभन्दा पहिले तपाईंले कस्ता व्यक्तिबाट अनावश्यक कल पाइरहनु भएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।यो सेटिङ अपनाउँदा कतिपय अवस्थामा तपाईंले महत्त्वपूर्ण कल मिस गर्नुभएको हुनसक्छ । तपाईँका लागि यो विकल्प त्यतिबेला उपयुक्त हुन्छ ।
मेसेन्जरमा कसैको कलको नोटिफिकेसन नआउने बनाउने यसरी बनाउनुहोस् ।
सबैभन्दा पहिले ब्राउजरमा गइ फेसबुक सर्च गरेर लगइन गर्नुहोस् ।
त्यसपछि माथि दायाँपट्टि रहेको मेसेन्जरको आइकनमा क्लिक गर्नुहोस् ।
त्यसपछि मेसेन्जरको बक्समा माथिपट्टि रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।
त्यसपछि इनकमिङ कल साउण्डलाई डिसेबल गर्नुहोस् । जहाँ एक अर्को खण्ड देख्न सकिन्छ ।
जसमा कति समयका लागि नोटिफिकेसन अफ गर्ने हो भन्ने छान्न सकिन्छ ।
तपाईंले अन्टिल आई टर्न अन (Until I turn on) को अप्सनलाई छान्नुभयो भने तपाईंले अनलाइन हुँदा कोही व्यक्तिबाट आएको कल थाहा पाउनु हुन्न ।
माथि उल्लेखित प्रक्रिया अपनाइसकेपछि तपाईंको फोनको मेसेन्जर एपमा भने कल आइरहन्छ । मेसेन्जर एपमा आउने नोटिफिकेसन बन्द गर्ने प्रक्रिया हरेक फोन अनुसार फरक फरक पर्छ । तपाईंले सेटिङमा गएर, एप छानी, त्यसमा पर्मानेन्ट नोटिफिकेसन अफ गर्न सक्नुहुन्छ । तर, याद गर्नुहोस् , यसो गर्दा मेसेन्जरबाट आउने आउने हरेक नोटिफिकेसन अफ हुन्छ । यसरी तपाईंले कोहीबाट आउने अनावश्यक कल अस्वीकार गरी कम्प्युटरमा आफ्नो काम सहजै गर्न सक्नुहुन्छ ।