• जेष्ठ २ २०८३, शनिबार

इन्डो प्यासिफिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा अष्ट्रेलिया जाँदै

श्रावण ७ २०७९, शनिबार

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा आज बेलुका अष्ट्रेलिया  भ्रमणमा जाँदै छन् ।

शर्मा आउँदो साउन ९ देखि  साउन ११ सम्म अष्ट्रेलियाको डिफेन्स फोर्सको संयोजनमा यूएस इन्डो प्यासिफिक कमाण्डले आयोजना गरेको एसिया प्रशान्त क्षेत्रका सेनापतिहरुको सम्मेलनमा भाग लिन जान लागेका हुन् ।

सो सम्मेलनमा नेपाली सेनाले विक्रम सम्बत् २०५६ सालदेखि सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटि सुरक्षाका विविध विषयमा छलफल हुने कार्यक्रम तालिका रहेको छ ।

यस्तै, सहभागी विभिन्न देशका सेनापति बीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायका विषयमा छलफल, अन्तरक्रिया र विचार आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ ।

यस्ता छलफल र अन्तरक्रियाबाट सहभागि राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सम्बन्ध र सद्भावमा थप विस्तार भएर सैनिक कुटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने सेनाको दाबी छ ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।