• जेष्ठ २ २०८३, शनिबार

अमेरिकामा नेपाली दूतावासको ३० हजार वर्गफिट महंगो जग्गा उपयोगविहीन

श्रावण ७ २०७९, शनिबार

काठमाडौं । अमेरिकाको वासिङ्टनमा रहेको ३० हजार फिट जग्गा उपयोगविहीन बनेको छ ।

नेपाल सरकारको स्वामित्वमा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी.सी.मा चान्सरी भवन, कर्मचारी आवास र राजदूतको निवासगरी तीन भवन छन् । सोमध्ये ०.९३ एकड अर्थात् ४० हजार ७२६ वर्गफिट क्षेत्रफल भएको राजदूत निवास रहेको जग्गामा तीन तले भवनको पछाडिपट्टि करिब ३० हजार वर्गफिट जग्गाको उपयोग नभएको महालेखाले जनाएको छ।

विदेशस्थित नियोगहरूमा रहेका पुराना सवारीसाधन लगायत अन्य प्रयोगविहीन मालसामानको लागि बीमा लगायतका कारण थप आर्थिक दायित्व सिर्जना भएको महालेखाले जनाएको छ।

एक वर्षमा नियोग भाडाका लागि मात्रै ९० करोड ६० लाख
एक बर्षमा नियोगहरूको घर/अपार्टमेन्ट भाडाको लागि ९० करोड ६० रुपैयाँ लाख खर्च भएको महालेखाले जनाएको छ। गैरआवासीय भवन निर्माण गर्न विगतमा अस्ट्रेलियाको क्यानबेरा, मलेसियाको क्वालालम्पुर, श्रीलंकाको कोलम्बो, पाकिस्तानको इस्लामावाद र चीनको बेइजिङसमेत पाँच स्थानमा खरिद गरिएका जग्गा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको महालेखाले औँल्याएको छ।

विदेशस्थित यी पाँच नेपाली नियोगको घर भाडाको लागि गत एक वर्षमा मात्र १० करोड १५ लाख रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ। परराष्ट्र मन्त्रालयले आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण गरी घर भाडा खर्चमा न्यूनता ल्याउनुपर्ने महालेखाले सुझाएको छ।