• बैशाख २६ २०८३, शनिबार

राप्रपा नेपालद्वारा फेरि पनि हिन्दु राष्ट्रको माग

श्रावण ६ २०७९, शुक्रबार

 

काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनु पर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनु पर्ने, रोजगारीको सुनिश्चितता हुनु पर्ने राप्रपाको माग छ ।

यसैगरी, महङ्गी र कालोबजारी नियन्त्रण गरिनु पर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनु पर्ने माग गर्दै माइतिघर मण्डलाबाट जुलुस निकालिएको छ । प्रदर्शनमा जनवर्गीय संगठनका नेता, कार्यकर्तासँगै पार्टीका नेताहरूको समेत सहभागिता छ ।

राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसँगै सडक केन्द्रित हुँदै आएको छ । राप्रपा महामन्त्री राजाराम बर्तौला भन्छन्, ‘राप्रपा नेपालले सडकबाटै आफ्ना कुरा राख्दै जानेछ ।’