काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति रहेको बताएका छन् ।
राप्रपा नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरुबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताउदै आफ्नो पार्टी वैकल्पिक राजनीतिक शक्ति रहेको बताए । उनले बलियो केन्द्रीय सरकार र स्थानीय सरकार थप अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै प्रदेश सरकारको भने आवश्यकता नै नरहेको समेत बताए ।
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताए ।