काठमाडौं । काठमाडौं महानगरपालिकाले हप्तासम्म कुहिने र नकुहिने फोहोर घरभित्रै छुट्टाछुट्टै राख्न आग्रह गरेको छ । महनगरले एक हप्ताको लागि फोहोर घर भित्रै राख्न आग्रह गरेको हो ।
बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सडक निमार्ण गर्नको लागि सवारी साधनको आवतजावत बन्द गर्नुपर्ने भएकाले एक हप्ता फोहोर उठाउन नसकिने हुनाले महानगरले आज बुधबार एक अपिल जारी गर्दै फोहोर घर भित्रै राख्न आग्रह गरेको हो । साथै एक हप्तासम्म कुहिने र नकुहिने फोहोरलाई सडक, चोक तथा सार्वजनिक स्थलमा नफाल्न समेत आग्रह गरेको छ । 