• माघ ३० २०८१, बुधबार

राष्ट्रपतिद्वारा दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा दानबहादुर तामाङ नियुक्त

श्रावण ४ २०७९, बुधबार

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा दानबहादुर तामाङलाई नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका हुन् ।