• मंसिर १४ २०८१, शुक्रबार

अब अविवाहित ४० वर्ष पुगेका महिलाले भत्ता पाउने

श्रावण ४ २०७९, बुधबार

काठमाडौं । सरकारले एकल महिलालाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको दायरा बढाएको छ।

संसदबाट पारित भएको ऐनमा अविवाहित महिलाले ४० वर्षपछि एकल महिला भत्ता पाउने व्यवस्था गरिएको छ। लैङिक हिंसामा परेका महिलाले पनि भत्ता पाउने भएका छन्।

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्दै सरकारले १२ वर्षसम्म श्रीमानसँगको सम्पर्कमा नरहेका महिलालाई पनि एकल महिला भत्ता दिने व्यवस्था गरेको हो।