काठमाडौं । नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा बृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ ।
मंगलबार कारोबारमा आएका २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको खरिदविक्री भएको छ । नेप्सेसँगै मंगलवार कारोबार रकम पनि बढेको छ । सोमवार शेयर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन् ।
जसमध्ये वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्सेसँगै मंगलवार इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा बढी ८.०१ प्रतिशत बढेको छ । त्यस्तै, गणपति लघुवित्तको शेयरमूल्य करिव ७ प्रतिशत बढेको छ । तर यता, सिभिल बैंकको ऋणपत्रको मूल्य ७.७५ प्रतिशत घटेको छ । मंगलवार शिवम सिमेन्ट १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।