• मंसिर १४ २०८१, शुक्रबार

दुई जलविद्युत कम्पनीले आईपीओ जारी गर्ने प्रमुख एजेण्डासहित वार्षिक साधारण सभा गर्दै

श्रावण ३ २०७९, मंगलवार

काठमाडौं । दुई जलविद्युत कम्पनीले आईपीओ जारी गर्ने प्रमुख एजेण्डासहित वार्षिक साधारण सभाको मिति टुंगो लगाएको छ ।

सगरमाथा जलविद्युत कम्पनी र माईखोला हाइड्रोपावर लिमिटेडले साउन २५ गते साधारण सभा गर्ने भएका हुन्।

सभा कम्पनीको केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा हुने तय गरिएको हो। सभामा दुवै हाइड्रोपावरले प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने भएका छन्।