• मंसिर १४ २०८१, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ बिक्री ?

श्रावण ३ २०७९, मंगलवार

काठमाडौं । मंगलबार पहेलो धातु (सुन) र चाँदीको मूल्य घटेको छ । साप्ताहिक कारोबारको तेस्रो दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेपछि प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको थियो। सोमबार छापावाल प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। तोलामा ५ रुपैयाँ घटेपछि मंगलबार चाँदीको मूल्य प्रतितोला १ हनजार १६० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।