• जेष्ठ २ २०८३, शनिबार

आजको मौसम : देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

श्रावण ३ २०७९, मंगलवार

काठमाडौं । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । आज (मंगलबार) सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मध्यान्ह देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने बेलुकीसम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति देशका हिमाली, उच्च पहाडी तथा पहाडी र तराइ मधेसका अधिकांश स्थानमा सामान्य बदली रहनेछ । विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।