काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाभित्र गरिएको ४ हजार ६५१ जनाको परीक्षणमा ४५७ जनामा संक्रमित भएको पुष्टि हुन आएको छ । यो भनेको सरदरमा १०० जनाको परीक्षण १ जनाका दरले कोरोना संक्रमण हुन थालेको पुष्टयाइँ हो ।
विगत २४ घण्टाभित्र भएको यो तथ्यांक पछिल्लो ५ महिनायताकै उच्च संक्रमणको अवस्था हो । यो तथ्यांक २ हजार ३ सय ४१ जनाको पीसीआर र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा आएको हो ।
२ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएर आफ्नो घर फर्किइसकेका छन् ।
सक्रिय संक्रमितमध्ये १ हजार ७०१ जना होम आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् । हाल ७५ जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा उपचार गराइरहेका छन् ।
सोमबार थप एक जनाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९५४ जना पुगेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ७९३ पुगेको छ ।