काठमाडौं । यो साता लगातार दोस्रो दिन सेयरबजार हरियो देखिएको छ।
आज २ सय ११ कम्पनीको सेयर कारोबार भएको छ। यसअनुसार दिनभरिमा २३ हजार ३ सय ८३ पटक किनबेच हुँदा ३१ लाख ४२ हजार कित्ता सेयर बिक्री भएका छन्। यो भनेको १ अर्ब ३१ करोड २९ लाख ६२ हजारको कारोबार हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार पनि बजार परिसूचक नेप्से १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा पुगेको हो। सेन्सिटिभ सूचक भने २.८३ अंकले बढेको छ।