काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणद्वारा भृकुटीमण्डपमा आगलागी भएको स्थानको निरीक्षण गरिएको छ ।
निरीक्षणपछि गृहमन्त्री खाँणले आगलागीबाट अपाङ्ग कोषको सामान जलेर नष्ट भएको भन्दै सरकारले सहयोग गर्ने बताएका हुन्। साथै आगलागीको कारणबारे छानबिन हुने बताए ।
आइतबार आगलागी भएको स्थानको निरीक्षण गर्दै गृहमन्त्री खाँणले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अपाङ्ग कोषलाई आवश्यक सामाग्री हस्तान्तरण गर्ने बताए।