• जेष्ठ २ २०८३, शनिबार

सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा पाँच जना पक्राउ

श्रावण १ २०७९, आईतवार

काठमाडौं । प्रहरीले काठमाडौं सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् । पक्राउ पर्नेहरुले सडक बालबालिकालाई ललाई फकाइ भारत पुर्याएर मिर्गौला बेचेको पाइएको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।